सार्वजनिक लेखा समितिका सभापति ऋषकेश पोखरेल पत्नी अञ्जना अदालतमा उपस्थित
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएकी अञ्जला कोइराला आज (बुधबार) जिल्ला अदालत मोरङमा उपस्थित भएकी छन्। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जना अदालतमा उपस्थित भएकी छिन् । कोइराला सहकारी ठगी प्रकरणमा फरार थिइन्।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्।
सोही ठगी प्रकरणमा नाम जोडिएकी कोइराला बुधबार बिहान अदालत खुल्ने समयमै हाजिर भएकी हुन्। मोरङ जिल्ला अदालत स्रोतका अनुसार बुधबार अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहस सुरू हुने तयारी छ।
विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विदा लिएर फरार थिइन्।
उनका सांसद श्रीमान पोखरेलले भने आफू र आफ्नो परिवार सबैथरी परीक्षा दिन तयार रहेको बताउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस्: