Bagmati Samachar Logo

माओवादी बैठकमा प्रचण्डसँगै उपाध्यक्षको कुर्सीमा पूर्वउपराष्ट्रपति पुन

नेकपा माओवादी केन्द्रको पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपाध्यक्ष मनोनित भएका छन् । लामो समयदेखि राजनीतिमा आउन चाहेका पुन आजको केन्द्रीय समितिको बैठकबाट उपाध्यक्षको कुर्सीमा बसेका छन् ।

आजबाट औपचारिक रुपमै पार्टी राजनीतिमा सक्रिय भएका छन् । यसअघि पदाधिकारी र स्थायी समिति बैठकमा सहभागी हुदै आएका छन् । केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका छन् ।

बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर पुन र बायाँतिर नारायणकाजी श्रेष्ठ बसेका छन् । श्रेष्ठ पछि उपाध्यक्ष अग्नी सापकोटा बसेका छन् । प्रचण्डसँगै पुन र श्रेष्ठ बसेका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारी पनि एमालेको राजनीतिमा फर्किने चर्चा चलिरहेका बेला माओवादीले पुनलाई पार्टीको उपाध्यक्षको जिम्मेवारी दिएको छ ।