विश्वप्रकाशले पूर्वराष्ट्रपति भण्डारीलाई भने– राजनीतिमा नफर्किनु
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेल पुस्तक ‘आमा, सपना र ताराहरू’ को लोकार्पणमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन् ।
उनी सक्रिय राजनीतिमा फर्किने कि सामाजिक अगुवाई गर्ने भन्ने चर्चा चलेको छ । त्यो चर्चा आज पुस्तक विमोचन कार्यक्रमा पनि चल्यो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्किन सुझाव दिएका छन्।
नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण आमा, सपना र ताराहरू विमोचन समारोहमा शुक्रबार बोल्दै कांग्रेस महामन्त्री थापाले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा नफर्किन भनेका हुन्।
राजनीतिमै फेरि आउन चाहनुभएको हो कि भन्ने चर्चा पनि छ,’ भण्डारीप्रति लक्ष्य गर्दै शर्माले भने, ‘यहाँको सफलताको म सम्मान गर्छु, शुभकामना पनि छ। तर यदि कसैले शीतलनिवासबाट निस्केको पूर्वराष्ट्रपतिहरू के गर्नुपर्छ भनेर सोध्छ भने मैले भन्छु सामाजिक अभिभावक यो देशलाई चाहिएको छ।’
राजनीतिमा आएर कसैको मात्र बन्न पनि सुविधा रहेको उल्लेख गरेका शर्माले राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्न पनि पनि आग्रह गरेका छन् ।
पूर्वराष्ट्रपति भण्डारी एमालेमै सक्रिय हुन खोजेको चर्चा भइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्: