Bagmati Samachar Logo

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच डेढ घण्टा वार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटघाट भएको छ ।

प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार उनको निवास बुढानीलकण्ठ पुगेका थिए ।

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको भण्डारीको निजी सचिवालयले जनाएको छ ।

यसअघि ओली र भण्डारीबिचको सम्बन्ध बिग्रिएको र बोलचाल नै बन्द भएको जस्ता समाचार सार्वजनिक भएपछि ओली भण्डारी भेट्न उनको निवास पुगेका हुन् ।

यसअघि ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि असार ३० गते पूर्वराष्ट्रपति भण्डारी भेट्न उनको निवास चपली पुगेका थिए ।

पछिल्लो समय भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । तर अध्यक्ष ओलीले भण्डारीलाई पार्टीमा सक्रिय भइदिनका लागि दौडधुप नगर्न नेताहरूलाई सचेत गरेका थिए ।