पूर्वमेयर सिंहको निधन, काठमाडौं महानगरभित्र शोक बिदा
काठमाडौं । पीएल सिंहको निधन भएको छ । उनी काठमाडौं महानगरका पहिलो मेयर हुन् । लामो समयदेखि अस्वस्थ रहेका सिंहको सोमबार निधन भएको हो । उनी ८५ वर्षका थिए । नगरपालिका रहेको काठमाडौंलाई सिंहले २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेका थिए ।
सिंहको निधनमा काठमाडौं महानगरपालिकाले सोमबार सार्वजनिक विदा दिएको छ । बिहान विज्ञप्ति जारी गरी महानगर क्षेत्रमा आज शोक बिदा दिइएको जानकारी गराएको हो।
प्रतिक्रिया दिनुहोस्: