Bagmati Samachar Logo

त्रिवि क्रिकेट मैदानमा ब्रायन लारा ढाका टोपीमा , एन्ड्रयूले नमस्ते गर्न सिकाए

काठमाडौं । नेपालमा एनपिएल हेर्न आएका वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाली ढाका टोपीमा सजिएका थिए । उनलाई एन्ड्रयू लियोनार्डले नेपाली ढाका टोपी लारालाई उपहार दिएका हुन्। नेपाल प्रिमियर लिगमा कमेन्ट्रीमा रहेका एन्ड्रयू लियोनार्डले आफूलाई ‘टाक्लु दाइ’ नामले परिचित गराएका छन् ।

‍’यो ढाका टोपी हो, नेपालको राष्ट्रिय टोपी’, ढाका टोपी लगाउन आग्रह गर्दै उनले भने ।

त्यसपछि एन्ड्र्यूले लारालाई नमस्ते गर्न पनि भने । लाराले खुसी हुँदै २ हात जोडेर नमस्ते गरे ।

‘म टाक्लु दाइ भइजस्तै तपाईं पनि आजदेखि ब्रायन दाइ हुनुभयो’, एन्ड्र्यूले भने । त्यसपछि लाराले आफू पनि टाक्लु नै भएको बताउँछन् ।

टियू क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको शनिबारको खेल हेर्न वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारा मैदान पुगेका हुन् ।

उनी मैदानको चारैतिर घुमेका थिए ।

उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । छोरीसहित नेपाल आएका लारा ३ दिन नेपाल बस्नेछन् ।

लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ । ५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् ।

यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी(२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए ।

नेपाल विश्वकपमा छनोट भएको केही समयपछि एक नेपाली क्रिकेट फ्यानसँगको ट्वीट सम्वादमा उनले नेपाली टोलीको प्रशंसा गरेका थिए ।

त्यसपछि उनले ट्वीट गर्दै नेपाली टोलीको खेल चमत्कारिक रहेको भन्दै बर्मुडामा खेल हेर्दा नै आफू प्रभावित भएको बताएका थिए ।

उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी समेत जितेका छन् । उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् ।