Bagmati Samachar Logo

एनपीएलका चार म्याच खेलेर भारत फर्किए शिखर धवन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का चार म्याच खेलेर भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवन भारत फर्केका छन् ।

एनपीएलमा चार म्याच कर्णाली याक्सबाट खेलेका थिए । धवन सोमबार स्वदेश फर्केका हुन् । उनलाई कर्णाली याक्सका व्यवस्थापक, प्रशिक्षक र खेलाडीहरूले बिदाइ गरेका हुन्।

कर्णाली याक्सको टिम बसेको होटल हिल्टनमबाट विदाइ गरेको छ ।

शिखर धवन एनपिएलमा कर्णाली याक्सबाट कम्तिमा चार खेल खेल्ने सम्झौता गरेर नेपाल आएका थिए।

कर्णालीले चौथो खेल आइतबार खेलेको थियो। शिखरले बाँकी खेलमा घुँडाको समस्याका कारण खेल्न नसक्ने बताएपछि कर्णालीले बिदाइ गरेको हो।

भारत फर्किनुअघि उनी सगरमाथा आधारशिविर पुगेका थिए।

शिखर धवनले यसकारण नखेल्ने भए एनपिएलका बाँकी खेल

एक खेलबापत ३० हजार अमेरिकी डलर पाउने गरी कर्णाली याक्समा सम्झौता गरेका धवनले कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार आफ्नो चौथो खेल खेले। उनले कम्तिमा चार खेल खेल्ने गरी सम्झौता गरेका थिए।

शनिबार विराटनगर किंग्सविरूद्धको खेलको बीचमा टेलिभिजन लाइभमा बोलेका धवनले आफ्नो घुँडाले साथ दिएमा अर्को सिजन खेल्न आउने बताए। उनले एनपिएलमा नेपाली खेलाडीको प्रदर्शनको पनि प्रशंसा गरेका थिए।