टीआरसीका दुई आयोगको अध्यक्षका लागि आठ जनाको नाम सर्ट लिस्टमा
काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको सर्च कमिटीले सर्ट लिस्ट तयार गरेको छ । आवेदन दिएका १ सय ५६ जना मध्येबाट १ पद बराबर ४ जनाको सर्ट लिस्ट तयार गरिएको समिति सदस्य खम्बबहादुर खातीले जानकारी दिए ।
सर्च कमिटीको शुक्रबारको बैठकबाट अध्यक्षको लागि आठ जनाको नाम सर्ट लिस्टमा राखिएको छ । सर्टलिस्ट भएकाहरू विरुद्ध पाँच दिनभित्र उजुरी दिन सार्वजनिक आह्वान गर्ने तयारी भइरहेको पनि खातीले बताए ।
दुई आयोगका अध्यक्षका लागि आठ जनाको नाम सर्ट लिस्ट गरिएको हो । सर्ट लिस्टमा डिल्लीराज आचार्य, शेरबहादुर केसी, सुदीप पाठक, विजय सिजापति, विश्वराज कोइराला, महेश थापा, अच्युतप्रसाद भण्डारी र काशीराज दाहाल छन् ।
४० जनामा अन्य नाम भने सदस्यहरूको छ । उनीहरूको नाम पनि छिट्टै सार्वजनिक गरिने र उजुरीको प्रक्रिया सुरु हुने खातीले बताए ।
सर्च कमिटीको पुस २ गतेसम्मको समय रहेको छ । सर्च कमिटीले नाम सिफारिस गरेपछि सरकारले मन्त्रिपरिषद्बाट उनीहरूलाई नियुक्ति दिनेछ ।
प्रतिक्रिया दिनुहोस्: