Bagmati Samachar Logo

जनकपुर बोल्ट्सको ह्याट्रिक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार बिहान भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । जनकपुर बोल्ट्सले आज पोखरालाई जितेसँगै ह्याट्रिक जित भएको छ ।
यसअघि जनकपुर बोल्ट्सले विराटनगर किङ्स र कर्णाली याक्सलाई पराजित गरेको थियो ।
यससँगै जनकपुरले एनपीएलमा खेलेका तीनवटै खेलमा जित निकालेको छ ।
टस जितेर सुरुवाती बलिङ रोजेको जनकपुरले पोखरालाई निर्धारित २० ओभरमा १३८ रनमा रोकेको थियो । १३९ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएर जितेको छ ।
सुरुवाती ब्याटिङ गरेको पोखराका लागि दिनेश खरेलले १० तथा एन्ड्र्युज गोजले २० रन जोडे । त्यस्तै कुशल भुर्तेल ६ रनमा पेभिलियन फर्किंदा दिलीप नाथले ११ रन जोडे । मार्कस क्रिट्च्लेले ३५ रन जोडेको खेलमा रेमन रेइफरले १७, मिचेल लिस्कले २५ रन जोड्दै आउट भए । पोखराका लागि नारायण जोशीले नटआउट ५ रन जोड्दा विपिन खत्री १ रनमा अविजित रहे ।

बलिङतर्फ जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए भने जेम्स निसमले २ विकेट लिए । त्यस्तै, किशोर महतो र मोहम्मद मोसिनले १र१ विकेट लिए ।
बलिङतर्फ जनकपुरका अनिल साह १ रन बनाउँदै आउट हुँदा आसिफ शेखले ३३ रन जोडे । त्यस्तै, लाहिरु मिलान्थाले ४५ रन जोडे भने हर्स ठाकेर १३ रनमा नटआउट रहँदा जेम्स निसमले ४० रनमा अविजित रहे ।