Bagmati Samachar Logo

नेपाल र चीनबीच ८ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङ भेट्ने कार्यक्रम तय भएको छ ।