बयानको लागि आज रबिलाई चितवन लगिने
काठमडौं । साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा रबि लामिछानेलाई आज चितवन लगिने भएको छ । सहकारीको रकम उनी संलग्न तत्कालीन गोेरखा मिडियामा दुरुपयोग गरेको छाबिन गर्ने क्रममा उनलाई चितवन लगिने भएको हो । पक्राउ परेका लामिछानेलाई यसअघि बुटवलमा पनि बयान लिइएको थियो । पोखरा हिरासतमा राखेर अनुसन्धान भईरहको उनलाई गत विहीबार काठमाडौं ल्यायर बयान लिइएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको लामिछानेलाई चितवन प्रहरीले बयानका लागि पठाउन यसअघि नै पत्र पठाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्: