नलगाड नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजयी
काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् ।
उनले ४ हजार २ सय ७२ मत ल्याएर विजयी भएकी छिन् । २०७९ सालमा उपमेयरमा कांग्रेसले जितेको थियो । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार इन्द्रा चन्द सिंहले ३ हजार १ सय ४७ मत ल्यार दोस्रो भइन् । तेस्रोमा रहेकी एमाले उम्मेदवार सुनिता बोहराले २५४२ मत ल्याइन्
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादीको सहयोगमै कांग्रेस उम्मेदवार सुनिता सिंह उपमेयरमा निर्वाचित भएकी थिइन् । तर, जाजरकोट भूकम्पमा परेर १७ कात्तिकमा सिंहको निधन भएको थियो ।
रिक्त रहेको पदमा आइतबार भएको निर्वाचनमा माओवादी उम्मेदवार लामिछानेले जित निकालेकी हुन् । उनको जितसँगै नलगाड नगरपालिकामा मेयर र उपमेयर दुवै माओवादी केन्द्रका बनेका छन् । नगरपालिकाका अधिकांश वडामा समेत माओवादी जनप्रतिनिधिको बाहुल्य छ ।
‘
प्रतिक्रिया दिनुहोस्: