Bagmati Samachar Logo

दार्चुलाको दुहुँ गाउँपालिका ५ मा कांग्रेस विजयी

काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुँवर ३ सय ७६ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मानसिंह बडालले ३ सय ५८ मत प्राप्त गरे। कांग्रेसका कुँवरले १८ मतान्तरले जित हासिल गरेका हुन्।

नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले २५ मत प्राप्त गरे। यहाँ ८ सय ७७ मत खसेका थिए।

०७९ को स्थानीय तह चुनावमा माओवादीबाट निर्वाचित अध्यक्ष मनोरथ भट्टको ०८० असार ११ मा निधन भएको थियो। माओवादीले जितेको वडामा तेस्रो स्थानमा खुम्चिन पुगेका छ।

माओवादीका भट्टले ०७९ को चुनावमा ५ सय ८२ मत ल्याएका थिए। त्यसबेला उनका प्रतिस्पर्धी एमालेका मानसिंह बडाल थिए।