Bagmati Samachar Logo

माओवादी बर्चस्व भएको रुकुम पश्चिको सानीभेरीको वडाध्यक्ष कांग्रेस विजयी

काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपचुनावअन्तर्गत रुकुम पश्चिको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका मोतीराम खत्री ५९० मत ल्याएर विजयी भएको निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत ल्याए।

अघिल्लोपटक यो वडा माओवादी केन्द्रले जितेको थियो।

यहाँ १ हजार १४६ मत खसेको थियो।