एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण भारतीय टीभी च्यानल स्टार स्पोर्ट्सले गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनपीएलका खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्ने जानकारी दिएको हो । क्यान सचिव पारस खड्काले ब्रोडकास्टिङका लागि स्टार स्पोर्ट्सलाई नै जिम्मेवारी दिएको बताए ।
क्यानको आयोजनामा हुन लागेको पहिलो संस्करणको एनपीएल १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ । यस्तै, एनपीएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक रहेको सचिव खड्काले जानकारी दिए । उनका अनुसार सिद्धार्थ बैंकसँग पाँच वर्षको सम्झौता गरिएको छ ।
स्टार स्पोर्ट्स विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने खेल च्यानलमध्ये एक हो, जसले एनपीएललाई नेपाल भित्रमात्र सीमित नगरी दक्षिण एसियालगायत अन्तर्राष्ट्रिय दर्शकहरूसम्म पुऱ्याउनेछ।
प्रतिक्रिया दिनुहोस्: