Bagmati Samachar Logo

कालीकोट जिप दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौ  ।कालीकोटमा आइतबार जिप दुर्घटना भएको छ। जिल्लाको पलता गाउँपालिका–३ को राडुनेटामा जिप दुर्घटनामा परेको हो।

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिप दुर्घटनामा परेको जानकारी दिए। उनका अनुसार मृतकको संख्या यकिन भइसकेको छैन।

संख्या यकिन नभए पनि ८–९ जनाको मृत्यु भएको खबर आएको उनले बताए ।

उक्त गाडी सडकबाट लगभग डेढ सय मिटर तल खसेको प्रहरीले बताएको छ। घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट हेलिकोप्टर पुगेको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।