Bagmati Samachar Logo

देउसी खेलिरहेको समूहलाई बसको ठक्कर, २ को मृत्यु, १८ घाइते

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १८ जना घाइते भएका छन् ।

वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्युु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

देउसी भैलो खेल्न आएको बसको ब्रेक फेल हुँदा बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको जनाएको छ ।