Bagmati Samachar Logo

साफ वुमन्स च्याम्पियनमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराएसँगै सेमिफाइनलमा

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकालाई ६–० ले पराजित गरेसँगै नेपाल समूह बी  बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई, सबिता राना मगर, सावित्रा भण्डारी, अमिसा कार्की र रश्मी कुमारी घिसिङले एक–एक गोल गरे ।

खेलको ८ औँ मिनेटमा नेपालका लागि सविताले गोल गर्दै नेपालले अग्रता लिएको थियो । ११ औँ मिनेटमा साबित्रा भण्डारी ‘साम्बा’ले नेपालका लागि दोस्रो गोल गरिन् ।

त्यस्तै, १३ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाएकी थिइन् ।

खेलको ३७ औँ मिनेटमा रेखाले चौथो गोल गरेकी थिइन् । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले गोलमा परिणत गरेकी थिइन् ।

खेलको ४६ औँ मिनेटमा सविता रानामगरले पाँचौँ गोल गरेकी थिइन् । दोस्रो हाफको इन्जुरी समयमा रश्मि कुमारी घिसिङले नेपाललाई एक गोलको योगदान गर्दै नेपाललाई ६–० को जित दिलाएकी थिइन् ।

साफ वुमन्स च्याम्पियनसिपमा अहिलेसम्म भएको सबै सातवटै संस्करणमा नेपाल सेमिफाइनल पुगेको छ । नेपालले अब सेमिफाइनलमा आइतबार समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता बंगालदेश र समूह बी को उपविजेता भुटान भिड्नेछन् ।