Bagmati Samachar Logo

टी २० आई सिरिजको पहिलो खेलमा नेपालद्धारा अमेरिका पराजित

काठमाडौं । टी २० आई सिरिजको पहिलो खेलमा नेपालद्धारा अमेरिमका पराजित भएको छ । घरेलु टिम अमेरिकासामु नेपालले १ सय ६५ रनको चुनौती पेस गरेको थियो ।

डालसस्थित ग्रान्ड प्रेरी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । ३३ बल खेलेका पौडेलले ४ चौका र १ छक्का प्रहार गरे ।

नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्यलाई अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो ।