Bagmati Samachar Logo

प्रधानमन्त्रीलाई नै पक्राउको माग !

काठमाडौं । सिन्धुलीका युवराज पौडेल (सफल) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुपर्ने माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
पार्टी कार्यालय निर्माणमा व्यापारीसँग जग्गा लिएको विषयमा उनले अख्तियारसामु प्रधानमन्त्रीको पक्राउ माग गर्दै उजुरी हालेका हुन् ।

देशकै प्रधानमन्त्रीले कानुन उल्लंघन गरेकोले पक्राउ गर्नुपर्ने उनको माग छ । विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुस बापत लिएको र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुपर्ने उनको तर्क छ । भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले उपलब्ध गरएको १० रोपनी १४ आना जग्गा एमालेले लिएको भन्दै अहिले सबैतिर आलोचना बढेको छ ।