वुमन्स भलिबल लिगको उपाधि ललितपुरलाई पराजित गदै कर्णालीले जित्यो
काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार दशरथ रंगशालानको कवर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको खेलमा कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले दोस्रो सेट २५–२० ले जित्यो ।
ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले जित्यो । अन्तिममा पाचौं सेट कर्णालीले १५–१३ ले जित्दै उपाधि हात पार्यो ।
कर्णालीलाई अपराजित रुपमा लिगको च्याम्पियन बनाउन जेनेपको महत्वपूर्ण भूमिका रहेको थियो ।
जेनेपले सर्वोत्कृष्ट खेलाडी बन्दै २० हजार रुपैयाँ प्राप्त गरिन् । लिगको च्याम्पियन टोली कर्णालीले ७ लाख तथा उपविजेता ललितपुरले नेपाली रुपैया ३ लाख प्राप्त गर्यो । फाइनल खेलको प्लेयर अफ द म्याच समेत जेनेप नै भईन् ।
प्रतिक्रिया दिनुहोस्: