Bagmati Samachar Logo

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।

अहिले पनि उद्दार कार्य जारी रहेको छ । कयौ सर्वसाधरण गन्तव्यमा पुग्न सकेका छैनन् । यात्राको जोखिम यथावत छ । सडकहरु पूर्ण रुपमा खुलेका छैनन् ।