भलिबल खेल्न नेपाल आइपुगिन अमेरिकी खेलाडी बेण्डा
काठमाडौं । अमेरिकन भलिबल खेलाडी ग्याब्रियल बेण्डानेपाल आएकी छिन् । असोज १४ देखि १९ सम्म हुन लागेको एभरेष्ट महिला भलिबल लिग खेल्न बेन्डा शुक्रबार नेपाल आइपुगेकी हुन् ।
बेन्डाले ‘कर्णाली यश्विज’ बाट एभरेष्ट महिला लिग खेल्नेछिन् । बेन्डालाई स्वागत गर्न ‘कर्णाली यश्विज’ टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । अमेरिकी खेलाडी बेन्डालाई केही समयअघि मात्र ‘कर्णाली यश्विज’ले आफ्नो टिममा अनुबन्ध गराएको थियो । कर्णालीमा ‘ट्रफी अनावरण’ सकिएको केही दिनमै यश्विज टिमले बेन्डालाई अनुबन्ध गरेको बताएको थियव ।
‘कर्णाली यश्विज’ टिमले अक्री आउटसाइड हिटर टर्किस खेलाडी जेनेप आउटर्यानलाई नेपालमा स्वागत गरेको थियो । नेपालमा पहिलोपटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग’ खेल्न आएकी बेन्डा अमेरिकाको घरेलु लिगमा परिचित अनुहार हुन् । उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन् ।
नेपाल आइपुगेकी बेन्डाले खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मूल उद्देश्यको साथ सुरु भएको रमेश कर्पोरेसनले हेर्दै आइरहेको ‘कर्णाली यश्विज’ टिममा आफू जोडिन पाउँदा निकै खुसी लागेको बताइन् । नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न पाउँदा आफूलाई खुसी लागेको उनको भनाइ थियो ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन गइरहेको ‘एभरेष्ट वुमन भलिबल लिग’ १४ देखि १९ असोजसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुँदै छ । लिगमा ६ टिमको सहभागितामा हुनेछ । प्रशिक्षकमा कर्णाली यश्विज टिमबाट भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राई छन् । राई ‘न्यु डाइमन्ड युथ स्पोर्ट्स क्लब’ को अध्यक्षसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस्: