Bagmati Samachar Logo

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसंघको मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन आएकी परराष्ट्रमन्त्री राणा र उपमहासचिव अतुलबीचको भेटवार्तामा राष्ट्रसंघको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसंघीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको छ ।

नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्‍याइएको योगदानका विषयमा पनि छलफल भएको थियो ।