Bagmati Samachar Logo

रवि लामिछानेले भने– मान्छे बेचेर राजनीतिमा आएको हैन‚ डराएर भागेको छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको र डराएर नभाग्ने बताएका छन्। आइतबार राति पार्टी कार्यालयमा पत्रकारमाझ बोल्दै उनले आफूमाथि किन प्रहार भइरहेको छ आफूले नै नबुझेको बताए ।

उनले भने, ‘रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको हैन मान्छे बचार आएको हो । भागेर लुकेर नडराएको तथा शिर ठाडो गरेर छाति ठड्याएर बसेको छु ।