Bagmati Samachar Logo

सहकारी प्रकरणमा रवि दोषी, कारवाहीको लागि सिफारिस गरिने

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछाने दोषी रहेको निश्कर्ष निकालेको छ । लामिछाने सहकारीको रकम ठगीमा संलग्न भएको भन्दै कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार भएको छ ।

तत्कालीनरुपमा लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर भेटिएको भन्दै लामिछानेलाई दोषी देखाउँदै कारवाहीको निश्कर्ष निकालिएको हो । छानबिन समितिले गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीको हस्ताक्षर भेटाएको छ । समितिले तिनैजनालाई कारवाहीको सिफारिस गरेको छ ।