गठबन्धनमा अविश्वास बढेको चर्चाकाबीच ओली र देउवाबीच छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच आइतबार अपराह्न छलफल भएको हो ।
छलफलमा एमालेबाट प्रधानमन्त्री ओली, अर्थमन्त्री तथा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी छन् । कांग्रेसबाट सभापति देउवा र पार्टी केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा..आरजु देउवा सहभागी छन् ।
बैठकमा समसामयिक विषयमा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
राजनीतिक वृतमा सत्ता गठबन्धनमा पछिल्ला केही दिनयता अविश्वास बढेको चर्चा चलेको छ । सरकार सञ्चालन तथा समग्र राजनीतिका विषयमा उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: