नेपाल प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा, को कहाँ (सूची)
काठमाडौं । एकै पटक ठूलो संख्यामा नेपाल प्रहरीका प्रहरी निरीक्षकहरू (इन्सपेक्टर) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको १७ भदौको निर्णयअनुसार ५८७ जना इन्सपेक्टरको सरुवा गरिएको हो ।
उनिहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । कपिलवस्तुस्थित वडा प्रहरी कार्यालय चन्द्रौटामा सुजन शाह, रुपन्देहीको इलाका प्रहरी कार्यालय मझगाउँमा सन्तोष बस्याल र सिराहा स्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा सन्तोष कुमार बुढाथोकीलाई पठाइएको छ ।
शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ । विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र बाङगेल लामालाई जाजरकोट स्थित इलाका प्रहरी कार्यालय रिम्नामा सरुवा गरिएको छ ।
प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ ।
हेर्नुस् सूचीः
प्रतिक्रिया दिनुहोस्: