ओलीलाई बालेनको प्रश्न– बालहिंसा आरोप लागेकी एमाले प्रदेश सांसद शर्मालाई पक्राउ गर्ने कि नगर्ने ?
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) बालहिंसा आरोपित एमाले प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । आइतबार बेलुका सामाजिक सञ्जालमा तस्वीरसहित एक स्टाटस पोस्ट गर्दै बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती सांसदलाई पक्राउ गर्ने कि नगर्ने भनी प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘उहाँले बिगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ । काठमाडौं महानगरले बिगत २ महिनादेखि कारबाही अगाडि बढाउनुभन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।’
उनले अगाडि थपेका छन्, ‘सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यु, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंका लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’
प्रतिक्रिया दिनुहोस्: