पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक सफलता, पलेशाले जितिन् कांस्य पदक
काठमाडौं । पारा ओलम्पिकमा नेपालले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक जितेको छ । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक जितेकी हुन् ।
फ्रान्सको पेरिसस्थित ग्रान्ड प्यालेसमा गएराति भएको के(४४ विधाअन्तर्गत महिला ५७ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पद दिलाइन् । कांस्य जित्न पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरिन् । त्यसअघि पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २–१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।
ओलम्पिकमा नेपालले जितेको यो अहिलेसम्मकै ठूलो पदक हो । ओलम्पिकमा नेपाली खेलकुद क्षेत्रको इतिहासमै आधिकारिक पदक जित्ने पलेशा पहिलो नेपाली खेलाडीसमेत बनिन् । पहिलो खेलमा पलेसा भेनेजुएलाकी मोरालेसलाई ३१–० को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेकी थिइन् ।
तर, क्वार्टरफाइनलमा पलेशा ब्राजिलियन खेलाडी सिल्भाना मायारा फर्नान्डेजसँग १०८ ले पराजित भएकी थिइन् । नेपालले सन् २००४ मा एथेन्सबाट पारा ओलम्पिक खेल्न थालेको हो । चैत २०८० मा चीनमा भएको पारा ओलम्पिकको एसियाली छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी थिइन् । पलेशा छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने पनि पहिलो नेपाली खेलाडी हुन् ।
प्रतिक्रिया दिनुहोस्: