Bagmati Samachar Logo

एकीकृत समाजवादीको वरिष्ठ नेतामा बस्नेत, भुसाल र हमाल मनोनीत

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन जना नेताहरुलाई वरिष्ठ नेतामा मनोनित गरेको छ । वरिष्ठ नेतामा घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई मनोनीत गरेको छ ।

बिहीबार बसेको केन्द्रिय समिति बैठकले तीन जनालाई वरिष्ठ नेता मनोनीत गरेको हो । तीनै जना यसअघि उपाध्यक्ष थिए ।

तर पदाधिकारी चयन गर्न मंगलबार भएको मतदानमा भुसाल र हमालले उम्मेदवारी दिएका थिएनन् । बस्नेतले भने वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर फिर्ता लिएपछि राजेन्द्र पाण्डे सर्वसम्मत वरिष्ठ उपाध्यक्ष बनेका थिए । उम्मेदवारी फिर्ता गराउँदा नै अध्क्ष माधवकुमार नेपालले बस्नेतलाई वरिष्ठ नेता बनाउने बचन दिइएका थिए ।