Bagmati Samachar Logo

सुनकाण्डको छानबिन भएको भए माओवादी हेडक्वार्टर रित्तो हुन्थ्यो : पदम गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करी प्रकणरमा पारदर्शी ढंगले छानबिन भएको भए माओवादी केन्द्र पार्टीको हेडक्वार्टरमा कोही नरहने दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा उनले छानबिन भएको भए माओवादी हेडक्वार्टरका मान्छेहरू अहिले जेलमा बसिरहेको हुने दाबी गरे ।

शायद यसको सही ढंगले छानबिन भएको भए, पारदर्शी ढंगले छानबिन गरेको भए तपाईंको हेडक्वार्टरमा कोही मान्छे खाली रहँदैनथ्यो होला । जेलको छिँडीमा हुन्थे होला सबै जना यो म भन्न सक्छु,’ उनले भने, ‘तर छानबिन गर्न नसक्ने स्थिति बन्यो । सबैलाई उन्मुक्ति दिने काम भयो कि भएन ? अनि महसुस हुन्छ सुशासनका पक्षमा छु । बाँकी सबै बिचौलिया हुन् भन्नु न्याय संगत हुन्छ ?’
गिरी प्रचण्ड नेतृत्वको सरकारमा न्याय तथा कानुन मन्त्री थिए । त्यो समयमा यसबारेमा केहि पनि बोलेका थिएनन् । जब गठबन्धन भत्केर कांग्रेससँग बन्यो गिरीले माओवादी हेडक्वाटर सुनतस्करीमा रहेको दाबी गरेका छन् ।