उपाध्क्षमा हारेकी झाँक्री पोलिटव्यूरोमा वियजी
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटव्यूरो सदस्यका लागि भएको निर्वाचनमा रामकुमारी झाँक्री विजयी भएकी छिन् । बिहीबार आएको पोलिटब्युरो सदस्यको परिणाम अनुसार सबैभन्दा बढी विरोध खतिवडाले पाएका छन् । उनी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् । रामकुमारी झाँक्रीले १८२ पाएकी छन् । झाँक्री एकीकृत समाजादवी गठनकी केन्द्रीय सचिव थिइन् । उनी पदाधिकारीको उपाध्यक्ष पदमा भने जयन्ती राईसँग पराजित भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: