Bagmati Samachar Logo

डीपी ढकालको योगेश भट्टराईलाई प्रश्न- धर्म ढकालको टाउको गिड्नु हत्या कि हिंसा ?

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा बुधबारको बैठकमा  नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले माओवादीलाई हिंसात्मकको संज्ञा दिनु र माओवादीले विगतमा चलाएको जनयुद्धलाई हिंसाको युद्ध भनेपछि विवाद भएकाे छ ।  उनले बुधबारको विशेष समयमा बोल्ने क्रममा यस्तो भनेपछि माओवादी सांसदहरुले त्यसको प्रतिबाद गरे ।

संसदीय भाषा, मान्यता र शान्ति सम्झौताको मर्मभन्दा बाहिर गएर असंसदीय भाषा भट्टराईले बालेकाले संसदको रेकर्डबाट हटाउनु पर्ने उनीहरुको माग थियो ।

तर सभामुख देवराज घिमिरेले यो शब्दका विषयमा तत्काल सचिवालयले अध्ययन गर्ने बताए पनि केहीबेर पछि विगतमा पनि संसदमा हिंसा भन्ने शब्दावली प्रयोग भएकाले हटाउन नपर्ने बताए । संसद भित्र देखिएको यो दोहोरी सामाजिक सञ्जालसम्म फैलियो । माओवादी नेता कार्यकर्ता सचिव भट्टराई विरुद्ध आक्रमक रुपमा प्रस्तुत भए ।

कतिपयले विगतमा एमालेकै नेता रहेको पूर्वमन्त्री प्रेम आलेले भट्टराईलाई ‘हतियार तस्कर’ भनेर बोलेको भिडियो सार्वजनिक गर्न थाले, कोही एमाले अध्यक्ष ओलीले बैगुनी केटो भन्दै गरको टिप्पणी उधिन्न थाले ।

माओवादी केन्द्रीय सदस्यसमेत रहेका नेता डीपी ढकालले भट्टराईको भनाईप्रति यस्तो टिप्पणी लेखे ।

१. माननीय योगेशजी माओवादी जनयुद्ध हिंसा हो भने तपाँईहरुले झापामा  धर्म ढकालहरुको टाउको काटेको २०२८ सालको झापा बिद्रोह के हो ?

२ बिश्व बैकलाई अरुण जलविद्युत आयोजना पैसा लगानी नगर्नु भनेर तपाइको पार्टीले चिट्ठी नलेखेको भए यो देशमा लोडसेडिङ हुन्थ्यो ! किन चिट्ठी लेखेको ?

३ हिजो जनतालाई अन्धकारमा राखेर सबै बिधुत उधोगमा पठाउने, र उद्याेगीसँग एकमुष्ट कमिसन खाने पनि तपाईहरु आज ती उद्यमीसँग पैसा लिन हुदैन भन्ने पनि तपाईहरु ! लाजसरम भन्ने कुरा तपाईको शब्द्कोशमा छैन ?

४ नेपालमा लोडसेडिङ हटेको र उर्जा निर्यात हुन लागेकोमा तपाईं र तपाईको पार्टिलाई किन यति धेरै पेट पोलेको ?

५ माओवादी जनयुद्द भनेर तपाईहरुले ने क पा हुँदा  आफ्नै दस्तावेजमा लेख्नु भएको छ त्यो बेला हिंसा भनेर किन नलेखेको ?

(ओलिजिले तिरस्कार गरेर दिने एक थान मन्त्री पद भन्दा तपाइँको ब्यक्तित्व उसै माथी थियाे त ! एक थान मन्त्रीकालागि भएभरको इमेज ड्यामेज नगर्दै राम्रो ! यो चै निशुल्क सुझाब )