समाजवादीमै हारिन झाक्री, राई बनिन उपाध्यक्ष
काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाक्री पराजित भएकी छिन् ।
उपाध्यक्षमा उनलाई जयन्ती राईले जितेकी हुन् । राइले १८९ मत प्राप्त गरेकी छिन् ।
झाक्रीको पक्षमा ११२ मत मात्रै खसेको छ । नेकपा एकीकृत समाजावदीको पदाधिकारी चयनमा भएको निर्वाचनमा झाक्री पराजित भएकी हुन् । मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् ।
उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।
प्रतिक्रिया दिनुहोस्: