मनसुनको प्रभावले देशभरी नै बदली र वर्षा
काठमाडौं । सोमबार पनि अधिकांश क्षेत्रमा बदली गर्ने र पानी पर्ने सम्भावना छ ।
मनसुनी वायुको प्रभाव कायमै रहेकाले देशका विभिन्न भूभागमा आशिंक देखि मेघ गर्जसहित पानी पर्न सक्ने जल ता मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै महाशाखाले वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।
प्रतिक्रिया दिनुहोस्: