Bagmati Samachar Logo

कांग्रेस र एमाले दलाल पुँजीवाद र दक्षिणपन्थी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिलेको गठबन्धन दलाल पुँजीवाद र दक्षिणपन्थी गठजोड भएको बताएका छन् । दलाल पुँजीवाद र दक्षिणपन्थी गठजोड दुई पार्टी पद्धतिको कुरा गरिरहे पनि उनीहरुको सपना पूरा नहुने बताए ।

आइतबार काठमाडौँमा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा नेता खनालले दुई पार्टी पद्धति नेपालमा कल्पना पनि नभएको बताए । देशमा मल्टिपार्टी सिस्टम स्थापना भएको छ। यो पूँजीवादी मल्टिपाटी सिस्टम हो। पुँजीवादमा मल्टिपार्टी सिस्टम त्यसको अन्तिम अवस्थासम्म रहन्छ। यो मल्टिपार्टी सिस्टमलाई यही प्रक्रिया अन्तर्गत जतिसुकै ठूलो पार्टी किन नहोस्। एउटैले दुई तिहाई लिएर आएपनि सम्भव छैन, उनले भने ।

उनले एमाले र कांग्रेसलाई घमण्डी र भ्रष्ट पार्टीहरु भएको पनि बताए । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो। अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो, नेता खनालको भनाइ थियो ।