दुर्घटनै दुर्घटनाः मुना सडकमा अर्को बस पल्टियो
काठमाडौं । पछिल्लो समय हरेक सडक दिनजसो दुर्घटना भइरहेका छन् । केहीबेर अघि मुग्लिन नारायणगढ सडकमा गुडिरहेको बस पल्टिएको छ ।
बस अनियन्त्रित भएर सडक मै पल्टिएको हो । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२- ००१ नम्बरको यात्रुवाहक बस पल्टिएको हो । बस पल्टिदा १२ जना घाइते भएका छन् ।
बस पल्टिएर डिभाइडरमा ठोक्किएकाले त्रिसुली नदीमा खस्नबाट बचेको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । केहीदिन अघि मात्रै मुग्लिन आबँुखैरेनी सडकमा भारतीय बस मस्र्यांग्दी नदीमा खस्दा २७ भारतीय नागरिकको मृत्यु भएको थियो ।
हिजो मात्रै हलेसीबाट काठमाडौं आउँदै गरेको जीप सुनकोशीमा खस्दा ३ जनाको अवस्था अझै अज्ञात छ । पछिल्लो समय बाढीपहिरो र वर्षाका कारण दुर्घटना बढेका छन् ।
प्रतिक्रिया दिनुहोस्: