Bagmati Samachar Logo

तनहुँ बस दुर्घटनामा मृत्यु भएकाहरुको शव भारतीय एयरफोर्सको जहाजबाट मुम्बई लगियो

काठमाडौं । तनहुँ बस दुर्घटनामा मृत्यु भएका २५ जनाको शव भारतीय एयर फोर्सको जहाजबाट भारत लगिएको छ । शनिबार चितवनस्थित भरतपुर विमानस्थलबाट भारतीय एयरफोर्सको जहाजले शव भारतको मुम्बइ लगेको छ ।
दुर्घटनामा निधन भएका चालक र सहचालकको शव भने स्थलमार्ग हुँदै गोरखपुर लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से दुर्घटनामा परेका घाइतेको अवस्था बुझ्न र शव लिन शनिबारै काठमाडौँ आएकी थिइन् ।

शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट ४३ जना तिर्थयात्री सवार भारतीय युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्गदी नदीमा खसेको थियो ।

सो दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएका थिए । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।