कैलालीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु, एक घाइते
काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा गए राति सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ । शनिबार महुलिया बस्ने स्थान घर्तीमगरकी छोरीहरु ७ वर्षकी काजल र ४ वर्षकी नीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए ।
सर्पको टोकाइबाट घाइते भएकी अन्दाजी ७२ वर्षीया रिजु घर्तीमगरको सेति प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ ।
मूलढोकामा रहेको प्वालबाट राति घरभित्र पसेको करेत नामक सर्पको डसाइबाट स्थानीय पाँच वर्षीया बालिका लिजा र छ वर्षीया काजल घर्तीमगरको मृत्यु भएको हो । करेत सर्पले पहिले ओछ्यानमा सुतेका दुवै बालिकालाई शरीरका दुई–तीन ठाउँमा डसेपछि बालिकाकी हजुरआमा रिजुको काँधमा डसेको थियो । शरीरमाथि हिँडिरहेको थाहा पाएपछि वृद्धा रिजुले सोही सर्पलाई हातले समातेर फ्याँक्ने बेला हातमा पनि डसेको प्रहरीले बताएको छ ।
घाइते वृद्धालाई सर्पदंश उपचार केन्द्रबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ । मृतक बालिका घरमा आफ्ना हजुरआमा र हजुरबासँगै बस्ने गरेका थिए । बालिकाको बुबाको पहिले नै निधन भइसकेको र आमा कामको खोजीमा जिल्ला बाहिर रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: