Bagmati Samachar Logo

सांसदमा सवाल जवाफ ,भ्युटावर होइन त्यो बिजनेश कम्प्लेक्स होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनाइएको भ्युटावर आवश्यकताका आधारमा बनाइएको हो ।

बिजनेश उद्देश्यले बनाइएको टावरलाई अनावश्यक झापा ट्रेड टावर भनेर बुझ्न पनि आग्रह गरे । राष्ट्रियस्तरमै उक्त टावरले आर्थिक लाभ दिने पनि प्रधानमन्त्रीको भनाई थियो ।

अस्पताल, व्यापार, पसल, मल आदिकारुपमा प्रयोग गर्न सकिन्छ । स्थानीय जनतादेखि अन्तराष्ट्रियस्तरसम्मलाई यसले जोड्न सकिने बताए ।

यो टावरका बारेमा धेरैको चासो, चिन्ता र आलोचना भए पनि यसले दीर्घकालीनरुपमा राष्ट्रलाई योगदान दिने बताए । टावरसँग जोडेर टिप्पणी अनावश्यक भएको उनको भनाई थियो ।

विश्वभर यस्ता टावर बनाइएको भन्दै अमेरिकामा पनि ट्वीन टावर बनाउदा आलोचना नै भएको बताए ।