Bagmati Samachar Logo

बिरलै पाइने घटना मकवानपुरमा, भैंसीको गोठमा बाघ मृत भेटियो

काठमाडौं । जंगलको राजा भनिने बाघ हिंस्रक मांसहारी हो । पछिल्लो समय बाघ वस्तीमा पसरे मानिस मारिरहेको घटना बाहिर आइरहदा मकवानपुरमा भने भैंसीको गोठमा बाघ मृत भेटिएको छ ।

विहीबार विहान करिव ३ बजेतिर मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको हो । बाघ के कारणले मरेको भन्ने अझैसम्म खुलेको छैन । यद्यपी बाँधिएको भैसी पनि घाइते भएका कारण भैसीले मारेको आशंका रहेको छ ।
मृत बाघ बूढो देखिएको छ । भोकाएको र बूढो पनि भएका कारण भैंसीलाई आक्रमण गर्दा भैंसीले मारेको आशंका गरिएपनि स्पष्ट कारण भने खुलेको छैन ।

घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ । मृत बाघलाई निकुञ्जको सेनाले लगेको छ ।