यो उमेरमा मलाई प्रधानमन्त्री बन्ने रहर थिएन, केही गर्नका लागि आएको हुँ
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई आवश्यक सहजीकरण गरिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले साना साना पुँजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योग स्थापना र विस्तार गर्नुपर्ने पनि बताएका छन् । राजधानीको एक कार्यक्रममा उनले विदेशमा भन्दा नेपालमा सम्भावना भएकाले देशमै रोजगारी र आयका अवसर खोज्न पनि आग्रह गरे । नयाँ र सृजनात्मक काम गर्न चाहनेलाई नेपालमै सम्भावना रहेको पनि उनले बताए ।
आन्तरिक उत्पादन मार्फत आयात घटाउने र युवामा आत्मविश्वास जगाउन सरकारले ध्यान दिएको पनि बताए ।
सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्रीले केही ठगहरुले सहकारीलाई बदनाम गरेको बताए । आफू सरकारमा आउनुको उद्देश्य रहेकोले यसै यो उमेरमा प्रधानमन्त्री बन्न मात्र नआएको पनि उनको भनाइ थियो । यो उमेरमा झण्डा हल्लाउन मात्र आएको होइन मेरा केही जिम्मेवारी छन् पूरा गरेरै छाड्छु, प्रधानमन्त्रीले भने ।
प्रतिक्रिया दिनुहोस्: