Bagmati Samachar Logo

भ्रष्टाचार गर्दैन भन्ने ओलीले नै भ्रष्टाचारमा पाँचवर्षे हदम्याद राख्न लगाए, तर समितिले नमान्ने

काठमाडौं । भ्रष्टाचार गदैन गर्न पनि दिन्न भन्ने ओलीले नै भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा पाँच वर्षे हदम्याद राख्न लगाएको रहस्य खुलेको छ।

उक्त विधेक माथि राज्य व्यवस्था समितिमा छलफल जारी छ । राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विधेयकलाई छलफलका लागि समितिमा पठाइएको हो ।

विधेयकमा छलफल हुँदा सबैभन्दा बढी चर्चाको विषय छ सार्वजनिक पदमा रहेका व्यक्तिले गरेको भ्रष्टाचार थाहा पाएको ५ वर्षपछि मुद्दा नलाग्ने र निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न पाउनेरनपाउने भन्ने विषयमा छ । यी विषयमा सांसदहरू विभाजित छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले समितिका सदस्यहरूलाई बोलाएर पाँचवर्षे हदम्याद राख्न भनेका छन् । समितिका एक सदस्यले बताएअनुसार बुढेसकालमा अड्‌डा अदालत धाउन बाध्य नपार्न भनेका छन् । ‘बुढेसकालमा र्‍याल सिगान भएर थला परेका बेलामा अड्‌डा अदालत धाउने काम र दुस्ख दिने काम नगरौँ । हदम्याद राखेर ल्याउनुहोला,’ ओलीको भनाइ उद्धृत गर्दै शिलापत्रसँग ती सदस्यले भने ।

समितिमा विधेयकबारे बुधबार दफाबार छलफल हुँदै छ । ती सदस्यका अनुसार विधेयक समितिबाट पारित हुँदा ५ वर्षे हदम्याद हटाइने र निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नपाउने व्यवस्था राखिने छ ।