Bagmati Samachar Logo

प्रदिप गिरीकी श्रीमतिले ३४ वर्षपछि शेरबहादुर देउवालाई किताब फिर्ता गर्न भनिन्

काठमाडौं । नेपाल कांग्रेसका स्वर्गीय नेता प्रदिप गिरीकी श्रीमति भारती सिलवालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ३४ वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेकी छन् ।

मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै सिलवालले गिरीको योगदानको चर्चा गर्दै सभापति देउवालाई आफूबाट लगेको जयकृष्णमूर्तिको पुस्तक फिर्ता गरिदिन आग्रह गरेकी हुन् ।

‘शेरबहादुरजीले मबाट लानुभएको त्यो कृष्णमुर्तिको किताब । उहाँ गृहमन्त्री पनि भइसक्नुभयो’, सिलवालले भनिन्, ‘पाँच चोटी प्रधानमन्त्री पनि भइसक्नुभयो । अझ छैटौँ पटक प्रधानमन्त्री हुने सम्भावना छ । तर, उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु ।’