परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्रीबीच दिल्लीमा भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा नेपाल भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको भारतस्थित नेपाली कार्यवाहक राजदूत डा.सुरेन्द्र थापाले बताए ।

थापाका अनुसार प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र परराष्ट्रमन्त्री राणाले हस्तान्तरण गरेकी छन् ।
परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच आजै भेटवार्ता थियो । आज दिउँसो उनीहरूबीच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।
त्यसअवसरमा उनीहरूबीच नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: