प्रधानमन्त्री ओलीले भने–कभर्डहल हामी बनाउँछौँ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको आजको करिब दुुई घन्टा राष्ट्रिय महिल भलिबल टिमसँग कुराकानी गरेको छ । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच भलिबल खेलले हालसम्म हाँसिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो ।
भेटघाट प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो । प्रधानमन्त्रीसँगको छलफल पछि खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताएका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।
प्रधानमन्त्री ओलीले दुुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीका प्रगति, चाहना र मागबारे आफूू जानकार रहेको बताए। प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही रु. तीन लाख दिने निर्णय गरेको जानकारी गराएका छन् । खेलाडीले त्यसका लागि आभार व्यक्त गरेका थिए ।
प्रधानमन्त्रीले भलिबलको लागि अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गरेका छन् । ‘तपाईँहरुलाई थाहा छ कि सरकारको ढुकुुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने कामहरु गर्नेछौँ । आगामी खेलमा जित्छौँ जुन तपाईँहरुको मनोबल छ, त्यो साकार होस् ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुुस् । सफलता पक्कै मिल्नेछ ।’
प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूूसँगकोे भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको बताए ।
प्रतिक्रिया दिनुहोस्: