Bagmati Samachar Logo

बहुमतको आडमा जर्वजस्ती संविधान संशोधन गर्न खोजे आन्दोलन गछौँ : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्य परे आन्दोलनको तयारी गर्नु पर्ने बताएका छन् ।
अहिलेको सरकारले बहुमतको घमण्ड गरेर संविधान संशोधन गर्न चाहेको भएपनि संभव नभएको ब्रिफिङ गरेका एक स्थायी समिति सदस्यले बताए । ती सदस्यले भने,‘अध्यक्ष कमरेडले ब्रिफिङ गर्नु भयो । यो सरकारले संविधान संशोधन गरेर दुई पार्टी सिस्टममा लिन चाहेको छ । यस्तो अवस्थामा अन्य साना दलहरु पनि विपक्षमा हुने छन् । आन्दोलनको नेतृत्व हामीले गर्नु पर्छ । हामीभित्र भएका समस्याहरु अहिलेदेखि नै समाधान गरेर जाआँै ।’

बंगलादेशको आन्दोलनले शासकहरुलाई सचेत गराएको बताएका छन् । शुक्रबारबाट सुरु भएको स्थायी समितिको बैठकमा प्रचण्डले शासन सत्तामा हुदा जे गरेपनि हुन्छ भन्ने सोच भएको अहिलेको सरकारलाई झस्काएको दाबी गरेका छन् ।

सरकार भ्रष्टाचारी मिलेर बनेकाले आन्दोलन आवश्यक नै रहेको प्रचण्डले बैकठमा बताएका थिए । प्रचण्डको भनाई भन्दै एक स्थायी समिति सदस्यले भने,‘यो सरकार भ्रष्टाचारी जोगाउन बनेको हो । सरकारमा नै भ्रष्टाचारीहरु सहभागी छन् । यो कुरा जनताले राम्रोसँग बुझेका छन् । त्यसैमा बंगलादेशको आन्दोलनले सरकार नराम्रोसँग डराएको छ । हामीले पनि आन्दालनको तयारी गर्नु पर्छ ।’

आजबाट सुरु भएको बैठकमा प्रचण्ले सुरुमा नै ब्रिफिङ गरेका थिए । ब्रिफिङमा अध्यक्ष प्रचण्डले बहुमतका आधारमा जे पनि गर्न सक्छौँ भन्ने चिन्तन विद्युत प्राधिकरणका दुई जना सदस्यको स्टेअर्डरबाट भत्केको बताएका स्थायी समिति सदस्य कमला रोकाले बताइन् । उनले भनिन्, ‘सरकारले चाहदैमा अहिले मन नपरेका , अर्को सरकारले नियुक्त गरेका मान्छेलाई हटाउन सक्ने अवस्था छैन । दुई तिहाइ बहुमतको घमण्डले संविधान संशोधन गर्न सहज छैन । थ्रेसहोल्ड बढाएर दुई पार्टी सिस्टममा लैजान चाहेका छन् तर त्यो सहज छैन ।’

प्रचण्डले बैठकमा माओवादी सरकारबाट हटेपनि भ्रष्टाचारका विरुद्ध लड्नु पर्ने बताएका छन् । आफ्नो नेतृत्वको सरकारले राम्रो काम गर्दा,सुशासन स्थापित हुन थालेपछि विभिन्न क्षेत्रबाट चलखेल गरेर हामीलाई हटाउने काम भएको उनले बताएका थिए । प्रचण्डले बैठकमा भनेका थिए,‘हामी प्रतिको सहानभूति जनतामा रहेको छन् । सरकारबाट हट्दा चोखो, बेदाग भएर बाहिरीएकाले जनता हाम्रो पक्षमा छन् । सत्तामा हुदा राम्रो काम गर्नु पर्छ भन्ने सन्देश बंगलादेशले दिएको छ । यो सरकार पनि झस्केको छ ।’

बैठकमा प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशलाई अन्धकारबाट उज्यालोमा पुगाएपनि अहिलेको सरकारले विभिन्न लाच्छाना लगाएको बताएका थिए । सुशासनको पक्षमा गरेको काममा अवरोध हुनेगरी विभिन्न गतिविधि सरकार आफैले अघि बढाएको भन्दै आन्दोलनको माहोल सरकार आफै बनाउन थालेको र त्यसको लागि तयारी अवस्थामा रहनु पर्ने पनि उनले बैठकमा बताएका अर्का स्थायी समिति सदस्यले बताए ।

संक्रमणकालिन न्याय सम्बन्धी विधेयकमा दलहरूबिच सहमति भएर अघि बढेकाले सुखद भएको पनि बैठकमा प्रचण्डले बताएका थिए ।