Bagmati Samachar Logo

आजको मौसमः देशभर हल्कादेखि मध्यम खालको वर्षा

काठमाडौँ । आज देशभर आंशकि तथा साधारण वर्षा हुने छ । बागमती, गण्डकी, कोशी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले पनि देशका विभिन्न ठाउँहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना छ ।