Bagmati Samachar Logo

आईसीसीले नेपालले दियो ‘डिजिटल फ्यान इन्गेजमेन्ट इनिसिएटिभ अफ दी इयर’ को अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट नेपालले ‘डिजिटल फ्यान इन्गेजमेन्ट इनिसिएटिभ अफ दी इयर’ अवार्ड पाएको छ ।

आईसीसीले बुधबार विश्वभर विभिन्न ६ प्रेरणादायक पहललाई आईसीसी डेभलपमेन्ट अवार्डबाट सम्मान गरेको थियो । जसमा नेपाल पनि परेको हो ।

आईसीसीका अनुसार एक वर्षमा नेपालले फेसबुकमा ४०० प्रतिशतले पहुँचमा वृद्धि गरेको हो ।

आईसीसीबाट नेपालबाहेक, मेक्सिको क्रिकेट एसोसियसनले ‘आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ दी इयर’ बाट सम्मान गरेको छ । यस्तै, नेदरल्यान्ड्सले ‘आईसीसी एसोसियट मेम्बर मेन्स पफर्मेन्स अफ दी इयर’, यूएईले ‘आईसीसी एसोसियट मेम्बर वुमन्स पफर्मेन्स अफ दी इयर’, ओमानले ‘हन्ड्रेड पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसिएटिभ अफ दी इयर’ र स्कटल्यान्डले ‘क्रिकेट फोर गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ दी इयर’ बाट सम्मानित भएका छन् ।